काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए।
पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड विनियोजन
