काठमाडौं । सरकारले योगदानमा आधारिकत सामाजिक सुरक्षाकोषलाई व्यवस्थित गर्ने भएको छ । कोषलाई दिगो र प्रतिफलमुखी बनाउन उच्च प्रतिफल हुने क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने भएको छ । कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततीको शिक्षा, परिवारको बीमा, व्यवसायिक शिप तालिम सञ्चालनमा उपयोग गरिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित गरिने
