काठमाडौं । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, बजारीकरण, भण्डारीकरणको समुचित प्रवन्ध मिलाउने भएको छ । खाद्य तथा पोषण सुरक्षालाई उच्च प्राथमिकता दिने भएको छ । उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ । विउ खरिद, रासायनिक मल, बीमा र यात्रिकरणमा दिइदै आएका अनुदान बाहेक सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ । यस अनुरुप आगामी असार मसान्तभित्र नयाँ मापदण्ड बनाइने भएको छ ।
कृषि बीमामा दिइदै आएको अनुदानको निरन्तरता, उत्पादन साथमा अनुदान हातमा
