काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ म्युचुअल फण्डलाई इकाई निष्काशन गर्न स्वीकृति दिएको छ । लक्ष्मी भ्यालु फण्ड २ ले इकाई निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने लक्ष्मी म्युचुअल फण्ड २ ले ८ करोड इकाई निष्काशन गर्नका लागि जेठ ८ गते सेबोनबाट स्वीकृति पाएको हो ।
कोष प्रवर्द्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले १० रुपैयाँ अंकित दरका कुल ८ करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।