IME Life New

इन्स्याेरेन्स खबर प्रभावः नेपाल लाईफले चार वर्षपछि बल्ल पालना गर्‍यो सूचनाको हक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । सूचनाको हक अन्तर्गत प्रत्येक त्रैमासमा अनिवार्य सार्वजनिक गर्नुपर्ने विवरण लुकाउँदै आएको नेपाल लाईफ इन्स्याेरेन्सले चालू आर्थिक वर्षको त्रैमासिक सूचना प्रकाशन गरेकाे छ। नेपाल लाईफले सूचना लुकाएकाे विषयमा जेठ १२ गते इन्स्याेरेन्स खबरले समाचार प्रकाशन गरेपछि कम्पनीको व्यवस्थापनले जेठ १२ गते नै आफ्नो वेबसाइटमा सूचनाको हक अन्तर्गतको जानकारी प्रकाशन गरेकाे हाे ।

वैशाख ५ गतेको मितिमा हस्ताक्षरित सूचना जेठ १२ गते प्रकाशन गरिएको छ। प्रकाशित सूचना अनुसार नेपाल लाईफमा कार्यरत जनशक्ति ६३३ रहेकाे छ। कम्पनीले केही महिना अघि मात्र स्वेच्छिक अवकास याेजना अन्तर्गत ३०० कर्मचारीलाई बिदा गर्ने रणनीति बनाए पनि सीमित कर्मचारीले मात्र सहभागीता जनाएका थिए । कम्पनी सम्बद्ध श्रोतका अनुसार जम्मा ३४ जना कर्मचारीले स्वेच्छिक अवकाश रोजेका छन् । थप कर्मचारीलाई जबरजस्ती बिदा गर्न कम्पनीकाे संचालक समितिले असार महिनामा पुनः स्वेच्छिक अवकाश योजना सार्वजनिक गर्ने स‌ंभावना छ।

Crest
right-to-information Nepal Life

कम्पनीले २०७५ भदौ महिना पछि पहिलो पटक सूचनाको हक अन्तर्गतको सूचना प्रकाशन गरेकाे हाे । यसअघिको सूचनामा प्रमुख कार्यकारी अधिकृत विवेक झा र सूचना अधिकारी सन्ताेष प्रसाई रहेकाेमा अहिले अध्यावधिक गरेर क्रमशः प्रविण रमन पराजुली र विनोद कुमार भुजेलकाे नाम उल्लेख गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS