IME Life New

मानुषी लघुवित्तले डाक्यो चौंथो वार्षिक साधारण सभा, यस्ता छन् ६ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्नो चौंथो वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने भएको छ । उक्त सभा बिहान १०ः३० बजे दिव्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सर्भिस मध्यपुर थिमी नगरपालि वडा नं १, लोकन्थली, भक्तपुरमा आयोजना गर्ने जनाएको छ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को चौंथो वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वितीय संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (लेखापरिक्षक सिए हेम कुमार काफ्ले एचडिएस डि एसोसियट्स पनि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० मा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने , प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरुबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै बिषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कुनै पनि लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो का आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न, परामर्शदाता मुल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु संग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS