IME Life New

सनराइज बैंकले डाक्यो १५औं वार्षिक साधारण सभा, मर्जर सहित यस्ता छन् ८ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडले असार ३ गते आइतबार १५औं वार्षिक साधारण सभ ागर्ने भएको छ । कम्पनीले आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा विहान ११ बजे सभा बोलाएको छ । सो सभामा भर्चुअल रुपमा पनि सहभागिता जनाउन सकिनेछ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अध्यक्ष सहितको मन्तव्य, वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ /७९ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गर्ने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार जेठ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

1684842786856

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS