Connect IPS
IME Life

एनआइसी एशिया बैंकमा केवाईसी लगायत ५ सेवा भिडियो कलमार्फत लिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी अपडेट गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले भिडियो कलबाटै केवाईसी अपडेट, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको हो ।

अनलाईन खाता खोल्ने ग्राहकको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको बैंकले जनाएको छ ।

Prabhu
Crest

घर वा अफिसबाटै लिन सकिने यी पाँच सेवाहरू बैंकको वेबसाइटमा आफूले लिन चाहेको सेवा छनोट गरी अनुरोध पठाउन सकिनेछ । यसपछि बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र ९नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र० तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।

हालसम्म बैंकले हाल ३५९ शाखा, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित काउण्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दैआइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS