IME Life New

आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँड भएको छ । योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले वैशाख १७ गतेदेखि ३१ गतेसम्म इकाई विक्री गरी जेठ ८ गते बाँडफाँड गरेको हो ।

यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।

Esewa
Crest

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।

योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधिपश्चात् योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS