Connect IPS
IME Life

बाणिज्य बैंकहरुको खराव कर्जा भुकम्प यताकै सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैकहरुको खराव कर्जा विनासकारी भुकम्प गएको समय यताकै सर्वाधिक विन्दुमा पुगेको छ । भुकम्प गएको वर्षको माघ महिनामा खराव कर्जा ३.६५ प्रतिशत थियो । त्यस यता लगातार घटिरहेको खराव कर्जा पछिल्लो आर्थिक मन्दी सँगै बढ्न थालेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अवधिमा खराव कर्जा जम्मा १.१२ प्रतिशत थियो । तर चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिदेखि नै खराव कर्जा उकालो लागिरहेको छ । पहिलो त्रैमासिक अवधिमा १.७५ प्रतिशत रहेको खराव कर्जा दोस्रो त्रैमाशिक अवधिमा २.३५ प्रतिशतमा उक्लियो । तेस्रो त्रैमासिक अवधिमा आइपुग्दा ३.०३ प्रतिशत नाघेको छ ।

Prabhu
Crest

आर्थिक मन्दीका कारण ऋणीहरुले कर्जा भुक्तानी गर्न सक्ने क्षमतामा क्रामिक रुपमा ह्रास हुँदै गइरहेको छ । उद्योग कल कारखानाले आफ्नो उत्पादन बिक्री हुन छाडेपछि उत्पादन नै कम गर्न थालेका छन् । कोभिड १९ ले थिलथिलिएको अर्थतन्त्रलाई सरकारले सहिगतिमा अगाडी बढाउन नसक्दा अन्तत संकटको सामाना गर्नु परेको छ । यहि गतिमा खराव कर्जा बढ्दै जाने हो भने बैंकहरुमा पनि समस्या देखिन थाल्नेछ । यहि कारणले गर्दा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको मौद्रिक समिक्षाका क्रममा कर्जाको पुनतालिकीकरण र पुनरसंरचनाको व्यवस्था गरिदिएको छ ।

खराव कर्जालाई व्यवस्थापन गर्दा राष्ट्र बैंकले ऋणीहरुलाई १० प्रतिशत सावा भुक्तानी गर्नेलाई पुनरतालिकीकरण तथा पुनरसंरचनाको व्यवस्था गरिदिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS