काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ती गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राीप्त गरेको छ । राष्ट्र बैंकले जेठ ३ गते पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेका थिए ।
गत चैत १३ गते दुई लघुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।
1684385642794