IME Life New

स्वस्तिक लघुवित्तले दियो फिल्ड कर्मचारीलाई योजना तथा जोखिम व्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्तले फिल्ड कर्मचारीलाई योजना तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरेको छ । २०८० बैशाख ३१ देखि जेठ १ सम्म २ दिने तालिममा शाखा कार्यालयमा कार्यरत २० जना फिल्ड कर्मचारीलाई तालिम प्रदान गरेको हो।

उक्त कार्यक्रममा वित्तीय संस्थाको अध्यक्ष सत्य नारायण झाले कर्मचारीहरुलाई लघुवित्त कार्यक्रममा बढदै आएको समस्याको समयमा सम्पुर्ण कर्मचारीहरुलाई धैर्यताको साथ एकजुट भई सेवा विस्तारको लागी प्रोत्साहन गरेका थिए।

Esewa
Crest

संस्थाको प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले लघुवित्त कार्यक्रममा चौतर्फी दवावमा रहेको समयमा पनि संस्थाको कार्यक्रम मार्फत निरन्तर रुपमा प्रभावकारी तरिकाले विपन्नवर्ग परिवारमा सेवा प्रदान गर्दे आएकोमा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिए। हालको कार्यशैलीमा परिर्वतन आवश्यक भएको हुदाँ आगामी आर्थिक बर्ष देखि प्रभावकारी कार्यसम्पादनको लागी आवश्यक योजना बनाउन पनि निर्देशन दिए।

विभिन्न समुहहरुका कारण जनमानसमाझ लघुवित्त कार्यक्रमको सकारात्मक प्रभाव छायाँमा परि नकारात्मक विचारको बिकास हुदै आएको कारण उत्पन्न जोखिमहरुलाई व्यवस्थापन गर्ने बिषयवस्तुबारे समेत सीइओ कर्णले मार्गनिर्देशन गरे।

साथै संस्थाको मानव संसाधन विभागीय प्रमुख सन्तोष कुमार साहले आफनो दैनिकी कार्यलाई व्यवस्थापन गर्दे संस्थामा आवद्ध सदस्यहरुलाई आवश्यकता अनुसार विभिन्न तालिम तथा सामाजिक कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यगर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS