IME Life New

रिलायबल नेपाल लाइफको बृहत बीमा जागरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बृहत बीमा जागरण अभियान सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिवार कैलालीको अत्तरियामा सचेतना सँगै मनोरञ्जनात्मक ढङकबाट सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहेको थियो ।

विभिन्न क्षेत्रबाट २ सय ४० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन डडेलधुरा शाखा प्रमुख गणेश साउदले गरेका थिए ।

Esewa
Crest

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि रिलायबल नेपाल लाइफका सिनियर मेनेजर युवराज शर्मा,विशिष्ट अतिथिमा प्रख्यात हास्य कलाकार मनोज गजुरेल र अतिथिहरूमा सुमना भण्डारी,हरजित नाथ,बासुदेभ भट्ट र टपर एजेन्सी नरेन्द्र महाता लगायतका रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले रिलायबल नेपालले बिमा क्षेत्रको प्रवर्द्धनका लागी नौलो कार्यको थालनी गरेको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका हास्य कलाकार गजुरेलले कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जन सँगै बिमा सम्बन्धी सचेतनामूलक जानकारी समेत दिए ।

रिलायवल सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टले बीमाको महत्त्व बढाउने मेची देखी महाकाली सम्मको बृहत् बीमा जागरण अभियान सुरु गरिएको बताए । ‘यस्ता कार्यक्रमहरूबाट पनि बीमाको प्रवर्द्धन गर्न सकिने उनले बताए । देशभर नै हाम्रा कार्यक्रम सञ्चालन हुँदै छन् । बीमा क्षेत्रमा देखिएका समस्या समाधान र यसका फाइदा बारे जानकारी प्रदान गर्न आगामी दिनमा पनि हामी सचेतनामूलक कार्यक्रम गर्नेछौँ,’रिलायवल सुदूरपश्चिम प्रदेश प्रमुख विष्टले भने ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS