IME Life New

नेको इन्स्योरेन्सको बीमा कोषको आकार २० प्रतिशतले बढ्यो, दाबी भुक्तानीमा आक्रामक (रिपोर्ट सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले ३४ करोड १८ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो नाफा ३४ करोड २६ लाख थियो । नाफा सामान्य घटेको छ ।

कम्पनीले ९ महिनामा २ अर्ब २६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब २४ करोड थियो । कुल बीमा शुल्क आर्जन करिब १ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीले १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

१ अर्ब ३७ करोड कुल दाबी भुक्तानी गरेको कम्पनीको १ अर्ब ३८ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्ष भुक्तानी हुन् बाँकी दाबी २ अर्ब माथि थियो । गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले यस वर्ष ५३ प्रतिशत धेरै कुल दावी भुक्तानी गरेको छ ।

२ अर्ब १ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ३९ करोड ६२ लाख रहेको छ । बीमा कोषमा १ अर्ब ५३ करोड संचित छ । एक वर्षको अवधिमा बीमाकोष २० दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा र प्रति शेयर नेट्वर्थ २०० रुपैयाँ २९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS