Connect IPS
IME Life

एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिबीच विभिन्न सेवा संचालनबारे सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले ग्राहकहरूको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समयसान्दर्भिक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आईरहेको छ । एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकवर्ग लाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS