IME Life New

सूर्योदय वोमी लघुवित्तको नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ४५ दशमलव ०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४४.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३१.९३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४१.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.१४ प्रतिशत घटेको छ। निष्क्रिय कर्जा बढेर २.९५ प्रतिशतबाट बढेर ७.६६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४ करोड ९१ लाख पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

Esewa
Crest

७९ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ५० करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपयाँ ७८ पैसा घटेर ९ रुपैयाँ ४९ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २९१ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ७४.७५ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS