IME Life New

हिमालयन लाइफमा तीन वटै कम्पनीबाट दुई जनाका दरले ६ सञ्चालक चयन, अध्यक्षमा सुलभ अग्रवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा साविक युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट दुई दुई जनाका दरले सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ ।

साविक युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभ अग्रवाल सहित जीवन कुमार अग्रवाल नियुक्त गरेको छ । त्यस्तै साविक प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा नियुक्त भएका छन् । साविक गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । साविक युनियन लाइफकै कम्पनी सचिव इश्वर कुमार सेढाइले निरन्तरता पाएका छन् ।

Esewa
Crest

हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत पनि साविक युनियन लाइफकै मनोज कुमार लाल कर्णले निरन्तरता पाएका छन् । साविक प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले दोस्रो वरियतामा बस्न नमाने पछि राजिनामा दिएको स्रोतले जनाएको छ । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । जसमा साविक गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र साविक युनियन लाइफका कपिल कुमार दाहाल रहेका छन् ।

मर्जरका क्रममा कुनै पनि कर्मचारीको पद घटुवा भएको छैन । नेपाल बीमा प्राधिकरणले मर्जरका क्रममा कुनै पनि कर्मचारीले खाइपाइआएको तलब भत्ता सुविधामा कटौती गर्न नपाइनुका साथै पदमा पनि घटुवा गर्न नपाउने व्यवस्था गरेकाले साविक कम्पनीमा काम गर्दाको पद नै निरन्तर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%
happy

खुसी

15%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS