IME Life New

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न सीएसआर कार्यक्रम सम्पन्न गरेको छ। बैंकको विभिन्न शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन्।

बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमीअटो बायो केमिस्ट्री एन्लाइजर मसिन हस्तान्तरण गरेको हो। स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ।

Esewa
Crest

निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष पुर्णिमा शाहीलाई बैंकका लुम्बिनी प्रदेश ”ख” का प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगंज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

त्यस्तै बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ। काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी बरिष्ठ उपरिक्षक धन बहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिष बहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

बैंकको विरगंज शाखाद्वारा विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बालविकास ईसीडि देखि १२ कक्षा सम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले ईसीडि देखि ५ कक्षा सम्मका विद्याथीहरुका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य शिव शंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिप चन्द्र पोखरेल र विरगंज शाखाका शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS