IME Life New

बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई गुराँस लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनश शेयर वापतको रकम तथा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले बैशाख ६ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७१२ प्रतिशत बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीलाई बुझाउन आग्रह गरेको हो ।

कम्पनीले सभा प्रयोजनका लागि २०७९ चैत २३ गते बुक क्लोज गरेको थियो त्यसकारण चैत २३ गते भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले सो बोनश शेयर पाउने तथा बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले कर बापतको रकम कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर २३९०१०१०००६४८४ तिनकुने शाखामा जम्मा गर्न आग्रह गरेको छ ।

Esewa
Crest

साथै जम्मा गरेको भौचर कम्पनीको इमेलमा पठाउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बुक क्लोजको अघिल्लो दिनेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा सो बोनमा लाग्ने कर तिर्न तथा कर्जा लिएको सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा नो अवजेक्सन लेटर वा फुकुवापत्र पाएपछि मात्र सम्बन्धीत शेयरधनीको खातामा बोनश जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS