IME Life New

तीन कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल, गरे एकै पटक सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीसँग शेयर रजिष्ट्रार सेवा (आरटिएस) उपलब्ध गराउने सम्झौता गरेको छ । कम्पनीले भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी , दोल्ती पावर कम्पनी र मेन्छियाम हाइड्रोपावर लिमिटेडसंग शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता गरेको हो।

उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत यी ३ कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, शेयर नामसारी, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईसी एशिया क्यापिटलले गर्ने छ ।

Esewa
Crest

क्यापिटलका अनुसार वैशाख २४ गते आइतबारदेखि यी ३ कम्पनीहरुको शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS