IME Life New

राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले समयमा लाभांश घोषणाको जानकारी नगराएको भन्दै स्पष्टिकरण माग गरी कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले गलत बुझाईको कारण समयमा नै लाभांश बारेको जानकारी दिन नसकेको भन्दै क्षमा मागेपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

कम्पनीले क्षमा मागेपछि आगामी दिनमा धितोपत्र सूचिकरण विनियमावलीका व्यवस्था र धितोपत्र सूचिकरण सम्झौताका सम्पूर्ण शर्त पालना गर्न नेप्सेले निर्देशन दिएको छ ।

Esewa
Crest

कम्पनीको वैशाख १३ गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले वैशाख १३ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा वैशाख १९ गतेको कारोबार समयमा मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको थियो ।

1683192132584

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS