IME Life New

वैदेशिक रोजगार बचतपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने भएको छ । बैंकले पाँच वर्षे अवधिको ११ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २४ गतेसम्म विक्री गर्ने जनाएका छन् ।

बैंकले ९७ करोड ७५ लाख ७० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्न लागेको जनाएको । यस बचतपत्र खरीदकर्तालाई ६ ६ महिनामा ब्याज भुक्तानी गर्ने जनाएको छ । सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् । यस बचतपत्रको साँवा भुक्तानी मिति भने २०८५ साल जेठ २४ गतेको मिति तय गरेको छ ।

यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था गरेको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।यसका अतिरित्त बैंकको वेवसाईट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने विक्री एजेन्डको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाईन फर्म भर्न सकिने छ ।

2.FESB-2085-web-notice-pdf

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS