IME Life New

ज्योति विकास बैंकद्धारा निःशुल्क स्वास्थ्य सचेतना शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ ।

उक्त शिविर मार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।

Esewa
Crest

जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।

लप्सेफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत श्री बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख श्री रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष श्री सुर्य बहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरु, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।

हालसम्म ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS