Connect IPS
IME Life

नेरुडे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभो विराटनगरको उद्योग संगठन मोरङ्गमा आइतवार सम्पन्न भएको हो । डा.भेष प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको सभाले मर्जर सम्बन्धिको प्रस्ताव पारित गरेको हो । उक्त अवसरमा संयूक्त मर्जर कमिटीका संयोजक तथा नेरुडेका संचालक मणि कुमार अज्र्यालले मर्जरको आवश्यकता र औचित्यताबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सभाले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो । त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड रहने, दुबै लघुवित्त कम्पनिको शेयर अनुपात क्रमशः १ः१ कायम गर्ने, एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौंतापत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने, चल÷अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक÷मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यस्तै, एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही÷प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । यसका अतिरिक्त प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँंजी संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

मोरङ्गको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गत पौष ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो र २०७९ माघ २६ गते नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमती प्राप्त गरी मर्जर सम्बन्धिको काम कार्यवाही अगाडी बढाईएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

8%

दु :खी

8%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS