IME Life New

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमा आवेदन दिने म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। सो म्युचुअल फण्डको इकाईका लागि अब बैशाख २० गतेसम्म आवेदन दिन सकिने भएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको हो ।

Esewa
Crest

लगानीकर्ताले यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने छन् । यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्कपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS