IME Life New

गुडविल फाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६ दशमलव ६८ प्रतिशत कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खुद फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी घटेको र खराब कर्जा बढेका कारण फाइनान्सको खुद नाफा घट्न पुगेको हो।

Esewa
Crest

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५७ दशमलव ७३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी २१ दशमलव ७४ प्रतिशतले घटेको छ।

९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६६ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप २.८१ प्रतिशत बढेको छ । कर्जा ६.९५ प्रतिशतले बढेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा फाइनान्सको यस्तो आम्दानी २० रुपैयाँ २६ पैसा घटेर २ रुपैयाँ ८२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १६५.६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ८३ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS