IME Life New

मुक्तिनाथ विकास बैंकको नाफा २१ प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.०९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८४ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ७७ करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत घटेको छ।

Esewa
Crest

गत आर्थिक वर्षको मुनाफाबाट १३.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ६ अर्ब ४२ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७.४९ प्रतिशत बढेको छ भने कर्जा ५.८० प्रतिशत बढेको छ।

समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS