Connect IPS
IME Life

एनआइसी एशियाले ९ महिनामै कमायो ४ अर्ब, जगेडा मात्रै १४ अर्ब हुँदा बम्पर लाभांश दिन सक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको भन्दा ११.३८ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । बैंकको वितरण योग्य मुनाफा भने तीन अर्ब २ करोड रुपैयाँ छ ।

मुनाफामा सुधार सँगै जगेडा कोष ४४ प्रतिशतले बढेको छ । लगातार दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न नपाएको बैंकको जगेडा कोषमा १४ अर्ब १९ करोड नाघेको छ । यदि नेपाल राष्ट्र बैंकले बैंकलाई बोनस शेयर वितरण गर्न अनुमति दिएमा बैंकले सत प्रतिशतसम्म बोनस शेयर दिन सक्ने क्षमता राखेको छ ।

Prabhu
Crest

चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको बैंकको पूँजीकोष अनुपात १२.६४ प्रतिशत रहेको छ । बैंकले प्राथमिक पूँजीकोष ८ प्रतिशत पुर्याउन नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउदै आएको छ । यस्तो पूँजी पुर्याउनका लागि बोनस शेयर दिन रोक लगाउदै मर्जरका लागि दवाव दिदै आएको छ ।

समिक्षा अवधिमा बैंकले तीन खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । दुबैमा सामान्य सुधार देखिएको छ । खराव कर्जा ०.८५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ४१ रुपैयाँबाट ४६ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS