IME Life New

ईकम कारोवारको लागि कृषि विकास बैकले दराजसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैकले दराज अनलाईनसँग ईकम कारोवारको लागि सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकको तर्फवाट बैंकका उपमहाप्रवन्धक तथा प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदी तथा दराज अनलाइनको तर्फवाट अनलाईन पेमेन्ट प्रमुख अरुण फुयाँलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कृषि विकास बैकका डेविट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले दराज अनलाईनले उपलव्ध गराएको अनलाईन प्लेटफर्म मार्फत बस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । जसका लागि बैकका कार्डबाहकहरुले नजिकैको शाखा कार्यालयहरुमा गई केवाइसी, आफ्नो मोवाईल नम्वर तथा ईमेल ठेगाना अद्याबधिक गर्नु पर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

हाल बैकले ईकम रजिस्ट्रेसन सेवा निशुल्क उपलव्ध गराएको छ । यसले गर्दा अनलाईन प्लेटफर्म मार्फत वस्तु तथा सेवा खरिद गर्न सक्ने भएकोले यसवाट कृषि विकास बैंकका ग्राहकहरुलाई सुविधा प्रदान हुने र बैंक तथा दराज अनलाईनका ग्राहकहरुले थप सुविधा पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS