IME Life New

सिटिजन्स बैंकद्धारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बाल विकास समाजलाई आर्थिक सहयोग स्वरुप डेढ लाख सहयोग गरेको हो।

बैंकले आफ्नो सोह्रौं वार्षिकोत्सवको अवसर पारेर संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बैंकले संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मा लाई चेक हस्तान्तरण गरेको हो। बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका कार्यक्रम इन्चार्ज विश्वकर्माले जानकारी दिए ।

Esewa
Crest

हालसम्म बैंकले १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS