IME Life New

आजसम्म शेयर किन्नेले नेशनल माइक्रोफाइनान्सको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख ४ देखि बैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज बैशाख ३ गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

संस्थाले बैशाख १५ गते ९औं वार्षिक साधारण सभा गर्दैछ । सभा धादिङको धादिङ क्रिक रिसोर्टमा आयोजना गर्न लागेको हो । कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। कम्पनीले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ।व। सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७८ / ७९ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

सभाले यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७९ /८० को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले प्रबन्धपत्रको दफा ६ (ख) र दफा ६ (ग) तथा नियमावलीको नियम ३२ (१) (ख) र नियम ३२ (१) (ग) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा सोमा थपघट, परिमार्जन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र तथा संस्थाहरुको सम्पत्ति, दायित्व तथा पछिल्लो कारोवारको मूल्याङ्कन गर्नको लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्नेछ ।

सभाले यस संस्थाको नियमावलीको नियम २७ (३) मा भएको व्यवस्था बमोजिम संस्थापक सञ्चालकहरुको ४ वर्षको कार्यकाल समाप्त भई निर्वाचन गर्न पर्ने अवस्था रहेको तथापि यस संस्था र समीट लघुवित्त वित्तीय संस्था विच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती समेत प्राप्त गरी सकेको र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति विनियमावली बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाका सञ्चालकहरुको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भएतापनि गाभिएर वा प्राप्ति पश्चात प्रचलित कानून बमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि सञ्चालक पदमा बहाल रहन छुट प्रदान गरीनेछ भन्ने व्यवस्थाको अधिनमा रहि यस संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई पुनः निर्वाचन नभए सम्मको लागि हाल कायम संस्थापक सञ्चालकहरु बहाल रहने विशेष व्यवस्था पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS