IME Life New

एनएमबि बैंकको कर्णाली प्रदेशले गर्यो काँक्रेबिहार वरिपरि सरसफाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो ।

बैंकको कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रमको साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक लिमिटेड कर्णाली प्रदेशका एरिया प्रमुख मित्रराज प्याकुरेलले बताए । साथै उनले दिवसको अवसरमा राजधानीसहित देशभरी सबै ठाउँमा सञ्चालन भइरहेको समेत जानकारी दिए ।

Esewa
Crest

उनले प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने बताए । त्यस्तै बैंकले काक्रेबिहारमा डस्बिन, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ । सुर्खेतमा रहेको एनएमबी बैंकको कार्यालयबाट र्याली सुरु गरी मंगलगडि चोक हुदै काक्रेबिहारमा गई सरसफाईमा तल्लिन भएको थियो ।

विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकको कर्णाली प्रदेशको सम्पुर्ण कर्मचारीको उपस्थिती रहेको थियो । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।

हालसम्म एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बैंकका बिजनेश डेभलपमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS