IME Life New

पाठक प्रतिक्रिया : बीमा क्षेत्रमा इन्स्योरेन्स खबरको भुमिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको पहिलो अनलाइन खवर पत्रिका इन्स्योरेन्स खवर ५ वर्ष पुरा गरेर छैठौ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स खवरको पाँचौ वार्षिकोत्सवको अवसरमा हाम्रा नियमित पाठक तथा दर्शकले हामीलाई हौसला प्रदान गर्न दिनुभएको प्रतिक्रिया ।

सुजित शाह

Esewa
Crest

नेपालमा बैंक तथा वित्तीय संस्थाको विकास जति तिब्र गतिले भयो त्यहि हिसाबले बीमाको पहुँच सबै ठाउँमा पुग्न सकेको छैन । यसको धेरै कारणहरु भए पनि मुख्य कारण चाही प्रत्येक स्थानीय निकायमा बैंक जसतै बीमाको शाखा कार्यालय सम्बन्धित निकायबाट अनिवार्य नगर्नु हो ।

बीमाको पहुँच नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार लगभग ४० प्रतिशत जनता समक्ष पुगेको छ ।  जसमा लघु बीमा, स्वास्थ्य बीमा, बैदेशिक रोजगार बीमा लगायत अन्य धेरै रहेका छन् । तर सावधिक जीवन बीमा २० प्रतिशत भन्दा कम नै रहेको छ ।

जीवन बीमा कम्पनीहरु सहर केन्द्रित भएकोले ५० प्रतिशत भन्दा बढी बीमा सहरमा बसोबास गर्ने मानिसहरुको नै रहेको छ । प्रायजसो जानकारीमुलक सन्देश प्रबाह गर्न संचार माध्यमले अहम भूमिका निर्वाह गर्दछ । बीमाको क्षेत्रमा पनि बीमा केन्द्रित मिडियाले प्रमुख भूमिका निभाएका हुन्छन् । बीमाको प्रचार-प्रसार तथा छुट्टै प्लेटफर्म मार्फत विगत ५ बर्षदेखि इन्स्योरेन्स खवरको भूमिका पक्कै पनि सराहनीय छ ।

अहिलेको डिजिटल प्रविधिको युगमा अनलाइन मार्फत इन्स्योरेन्स खबरले जीवन बीमा, निर्जीवन बीमा, स्वास्थ्य बीमा , लघुबीमा सम्बन्धि सबै जानकारी मुलक संदेश नेपालको बीमा बजारमा प्रवाह गर्दै आइरहेको छ ।

बीमाको लागि अति आवश्यक नीति-नियम, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जारी सूचना, सर्कुलर, जनचेतनामुलक सन्देश लगायत अन्य जानकारी अनलाईन मार्फत प्रवाह गर्न इन्स्योरेन्स खबर अग्र पंक्तिमा रहेको छ ।  नेपालको बीमा बजारमा भएको विकृतिलाई पनि बेला-बेलामा जानकारी गराउनु पक्कै पनि इन्स्योरेन्स खवरको प्रसंसनीय काम हो । हुनत सञ्चार माध्यमको मुख्य क्षेत्र नै यस्ता सूचना जानकारी गराउनु नै हो । तर नेपालको बीमा बजारमा यसले बीमा सम्बन्धी सूचना मात्रै प्रवाह गर्ने भएकोले नेपाली जनताले केहि हदसम्म पक्कै पनि सहज महसुस गरेका छन् ।

विशेष रुपमा बीमा बजारमा भएको बीमा कम्पनीहरुको नयाँ/नयाँ बीमा पोलिसी सम्बन्धी जानकारी, बोनस दर, बीमा कम्पनीको बीतिय अवस्था पनि इन्स्योरेन्स खबरबाट प्राप्त गर्न सकिन्छ ।

इन्स्योरेन्स खबरले पाँच बर्ष पुरा गरि छैठौं बर्षमा प्रवेश गरेको उपल्क्ष्यमा हार्दिक शुभकामना गर्दछु । बीमा बजारको दायरा अझ बढाउन सम्बन्धित निकायले जति पहल गरेपनि संचार माध्यमको सहकार्य विना पक्कै पनि सहज हुन सक्दैन । यस्ता सहकार्य गर्न इन्स्योरेन्स खबरले अझै शसक्त रुपमा भूमिका निभाउनु पर्ने देखिन्छ । पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा इन्स्योरेन्स खवरलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

शंकर अधिकारी

पाचौं वर्ष पुरा गरि छैठौं वर्षमा प्रवेश गरेको पावन अवसरमा इन्स्योरेन्स खवरलाई हार्दिक बधाई तथा शुभकामना । सत्य तथ्य सुचना तथा समाचार संकलन गरि प्रकाशन र प्रसारण गर्नु साथमा सचेतना र जनचेतना जगाउनु नै कुशल पत्रकारिता हो ।

हिजो आजको अनलाइन तथा संचारको युगमा इन्स्योरेन्स खवर डट कम एक दरिलो आवाज बनेको सर्व विदितै छ । २०७५ बैशाख १ गते बाट औपचारिक रुपमा अनलाइन पत्रकारिता सुरु गरेको यस इन्स्योरेन्स खवर डट कमले बीमा क्षेत्रमा एक अलग्गै छाप छोड्न सफल भइसकेको छ । आगामी दिनमा पनि यस खवरले बीमा क्षेत्रको सुधार र विकासका लागि अघि बढ्न सकोस भन्ने शुभकामना ब्यक्त गर्न चाहान्छु ।

बीमा ब्यवसायमा दिन प्रतिदिन बृद्धि भएपनि अझै बीमा प्रति आम सर्वसाधारणको दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । बीमा बीमक र बीमित विचको करार हो । तर करारका सर्त तथा नियम बारे आज पनि बीमित जानकार छैनन् । बीमालाई बीमितले नजिकबाट बुझन् नसक्दा नेपालको बीमा ब्यवसाय कछुवाको गतिमा दौडिरहेको भान हुन्छ । नेपाल विकासोन्मुख र अति जोखिम भएको देश हो । यहाँ बीमाको अत्यन्त आवश्यक छ । सो ज्ञान नभएको कारण बीमा प्रति जनमानसको चासो कम भएको हो भन्दा अत्तिउक्ति नहोला ।

यसै विधमान परिस्थिती लाई हृदयङ्गम गर्दै आम जनमा बीमा प्रति चेतना को अभिवृद्धीका लागि यस खवरले पुर्याएको अतुलनिय योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा पनि बीमा सूचना, बीमा प्रधिकरण, बीमा कम्पनी, सर्भेयर, बीमा अभिकर्ता का साथ हातेमालो गदैं अघि बढ्नु हुन सविनय अनुरोधका साथ बीमा कर्मीहरुको आवाज लाई पनि बुलन्द पार्ने कार्यमा अघि बढ्ने हौसला प्राप्त होस भनि हार्दिक बधाईका साथ शुभकामना ब्यक्त गदर्छु ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS