IME Life New

किसान लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ¥याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सो वापत लाग्ने कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरेर कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ ।

बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी रु.५० करोड ४३ लाख ६६ हजार ४६७ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । कम्पनीको साधारण सभाले आ.व. ०७८/०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आ. व. ०७८/०७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

Esewa
Crest

कम्पनीको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक शेय निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । बोनश शेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब रु.६४ करोड २३ लाख पुग्ने देखिन्छ । सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।

धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS