IME Life New

मेगा क्यापिटल मार्केट्सद्धारा नयाँ वर्षको अवसरमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पु¥याउने आशा क्यापिटलले लिएको छ । न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने छ र उक्त सेवा २०८० बैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको छ ।

Esewa
Crest

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको छ । आफूले शेयर बजारमा लगानी गर्ने इच्छा हुदाहुदै पनि पर्याप्त समय दिन असमर्थ वा शेयर बजार सम्बन्धि जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS