Connect IPS
IME Life

बैंक वित्तीय संस्था सुरक्षित रहेको गभर्नर अधिकारीको दाबी, सानोतिनो धक्काले असर गर्दैन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंक वित्तीय संस्था सुरक्षित र बलियो रहेको दाबी गरेका छन् । वर्तमान आर्थिक वित्तीय स्थितिबारे राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणालीलाई सानोतिनो धक्काले असर नगर्ने बताएका छन् ।

गत वर्षको यहि अवधिमा नेपालको अर्थतन्त्रमा बाह्य प्रभाव देखिएको तर यस वर्ष त्यस्तो अवस्था नरहेको उनले दाबी गरेका छन् । गत वर्ष नेपाल सरकार र राष्ट्र बैंकले लिएका कदमले गर्दा धेरै हदसम्म समाधान गरिएको उनले बताए ।

Prabhu
Crest

मुद्रास्फिती घट्ने क्रममा रहेको भन्दै गभर्नर अधिकारीले आगामी दिनमा घट्न सक्ने आकलन गरेका छन् । बाह्य दवावलाई विप्रेषण आप्रवाहले धेरैहदसम्म समाधान गरेको गभर्नर अधिकारीको भनाइ रहेको छ । मंसिर, पुस, माघ, फागुन महिनामा निरन्तर रुपमा मासिक एक अर्ब भन्दा माथि भित्रिएको छ । औषतमा ९९ अर्बका दरले रेमिट्यान्स भित्रिदिदै आएको उनले बताए ।

आधार व्याजदर पनि घट्दो क्रममा रहेको गभर्नर अधिकारीले उल्लेख गरेका छन् । विश्वमा विकसित मुलुकमै बैंक वित्तीय संस्थाहरु संकटमा परिरहेको, कतिपय बैकहरु ढलिरहेको र केहिलाई बचाउनु परिरहेको अवस्थामा नेपालमा त्यस्तो नरहेको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाको पूँजी पर्याप्तता न्युनतम आवस्यकता भन्दा बढि नै रहेको गभर्नर अधिकारीको दाबी छ । पुस मसान्तसम्ममा पूँजी पर्याप्तता १३ प्रतिशत भन्दा माथि रहेको उनले पत्रकार सम्मेलनमा उल्लेख गरेका छन् । समग्रमा पूँजीकोष १३ प्रतिशत भन्दा माथि रहेको हुँदा अवस्था सामान्य रहेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले लिएका कतिपय नीतिगत व्यवस्थाका कारण पनि खराव कर्जा बढिरहेको गभर्नरको भनाइ छ । उनले खराव कर्जा घट्नुको प्रमुख कारण बजार हो भन्ने पक्षमा देखिएका छैनन् । उनकै अनुसार बाणिज्य बैंकहरुकै खराव कर्जा २.५० प्रतिशत छ । नेपाल राष्ट्र बैंकले प्रोभिजनिङका व्यवस्था थप गरेका कारण पनि यस्तो अवस्था आएको उनको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS