IME Life New

एनएमबि बैंकले गर्यो खल्तीसँग सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ । अब एनएमबि प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिङ्क गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन् ।

खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिङ्क गरे बापत १ सय बोनश पाउनेछन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।

Esewa
Crest

बोनश खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि लागु हुनेछ । साथै यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्कीड्र मार्फत स्मार्टफोन पनि जित्नेछन्। खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको प्थ्ऋ प्रमाणित हुनुपर्ने कम्पनीले जनाएको छ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘बैखल्तीसँग आफ्नो बैंक लिंक गर्न उत्सुकतापूर्वक पर्खिरहेका सबै एनएमबी प्रयोगकर्ताहरूलाई प्रोत्साहित गर्न हामीले यो अफर ल्याएका हौँ । साथै बैंक लिङ्क गर्ने यो सुविधाले भुक्तानी सहज मात्र नभई स्वतन्त्र रूपमा पैसा व्यवस्थापन गर्न पनि मद्दत गर्दछ ।’

खल्तीको बैंक लिंक सुविधाले प्रयोगकर्ताहरूले युटिलिटि बिल, क्युआर स्क्यान गरि भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै लिङ्क गरिएको बैंक खाताबाट गर्न सक्द्छन्।

यस अफर चैत्र २१ देखि २०८० जेष्ठ ५ गतेसम्म लागु हुनेछ । साथै, यदि बैंक खाता लिङ्क गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS