IME Life New

चैत घर्किनै लाग्दा प्रिमियममा शेयर जारी गर्ने जीवन बीमककाे आवेदनबारे के गर्दैछ सेबाेन?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले ताेकेकाे न्यूनत्तम अधिकत्तम पूँजी पुर्याउनका लागी समय सीमा पुरा हुन मुश्किलले एक साताकाे अवधि बाँकी छ। चुक्ता पूँजी जुटाउनका लागी सर्वसाधारणमा पहिलाे पटक शेयर जारी गर्न लागेका चारवटा जीवन बीमा कम्पनीकाे शेयर जारी गर्ने प्रस्ताव कहिले स्वीकृत हुन्छ भन्ने टु‌ंगाे लाग्न सकेकाे छैन ।

रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स, सन नेपाल लाईफ इन्स्याेरेन्स, आइएमई लाईफ इन्स्याेरेन्स र सिटिजन लाईफ इन्स्याेरेन्सले नेपाल धिताेपत्र बाेर्ड समक्ष पेश गरेकाे आवेदन विचाराधीन अवस्थामा छ। यी जीवन बीमकमध्ये सबैभन्दा पहिले रिलायबल नेपालले गत मंसिर १३ गते बाेर्ड समक्ष शेयर जारी गर्न पूर्व स्वीकृतिका लागी आवेदन दिएकाे थियाे । रिलायबल नेपालले ११२ रुपैयाँ अतिरिक्त राशी सहित प्रति शेयरकाे बिक्री मूल्य कूल २१२ रुपैयाँ प्रस्ताव गरेकाे छ। चैत्र १७ गते बाेर्डले आह्वान पत्र अध्यावधिक गरेर पुनः पेश गर्नका लागी रिलायबलाई निर्देशन दिएकाे छ।

Esewa
Crest

यसैगरी सन नेपाल लाईफले १५० रूपैयाँ ५५ पैसा अतिरिक्त रकमसहित प्रति शेयर २५० रूपैयाँ ५५ पैसाका दरले सर्वसाधारणमा शेयर जारी गर्न अनुमति माग्दै गत फागुन १७ गते नै बाेर्ड समक्ष निवेदन दिएकाे थियाे । बाेर्डले सन नेपालकाे आवेदनकाे सम्बन्धमा भएकाे प्रगतीका सम्बन्धमा अध्यावधिक विवरण सार्वजनिक गरेकाे छैन ।

यसैगरी आइएमई लाईफकाे १७६ रुपैयाँ अतिरिक्त रकम सहित २७६ रुपैयाँमा साधारण शेयर जारी गर्नका लागी पूर्व स्वीकृति सम्बन्धी निवेदन धिताेपत्र बाेर्डमा गत फागुन २८ गते बाेर्डमा दर्ता भएकाेमा चैत्र १३ गते बीमकले थप कागजपत्रहरु बाेर्डसमक्ष पेश गरेकाे छ। थप प्रगती सार्वजनिक गरिएकाे छैन । स्मरण रहाेस् आइएमई समूह मुख्य प्रवर्द्धक रहेकाे डिस मिडिया नेटवर्क लिमिटेडले २०७७ साल असार ३० गते र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले २०७८ चैत्र २५ गते ने बाेर्ड समक्ष सर्वसाधरणमा शेयर जारी गर्नका लागी पूर्व स्वीकृति माग्दै दिएकाे आवेदन अझैसम्म अनिर्णित अवस्थामा छ ।

सिटिजन लाईफ इन्स्याेरेन्स लिमिटेडले दिएकाे आवेदनमा समेत बाेर्डले चैत्र १७ गते आह्वान पत्र अध्यावधिक गरेर पुनः पेश गर्न निर्देशन दिएकाे छ। सिटिजनले चैत्र ५ गते बाेर्ड समक्ष १९० रुपैयाँ प्रिमियमसहित २९० रुपैयाँमा सर्वसाधारणमा शेयर निष्काशनका लागी बाेर्ड समक्ष निवेदन दिएकाे थियाे ।

जीवन बीमा कम्पनीहरुमध्ये महालक्ष्मी लाईफ इन्स्याेरेन्सले प्रिमियम मूल्यमा शेयर बिक्री गरेर थप पूँजी जुटाएपछि मात्र प्रभु लाईफसँग मर्जर टु‌ंग्याउने घाेषणा गरेपनि धिताेपत्र बाेर्डमा अझैसम्म आवेदन पेश गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS