IME Life New

नेपाल वित्तीय संस्था कर्मचारी संघको उपाध्यक्षमा बीमा प्राधिकरणका मिश्र निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघको ९ औं महाधिवेशनबाट उपाध्यक्षमा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्र निर्वाचित भएका छन् । मिश्र बीमा समुहबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् । संघको ९ औ महाधिवेशनबाट अध्यक्षमा भने पदम राज रेग्मी पुनः निर्वाचित भएका छन् । उनि २६९ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस भन्दा अगाडी मिश्र केन्द्रिय सदश्य निर्वाचित भएका थिए । यस भन्दा अगाडीको कार्यसमितिमा बीमा समुहको उपाध्यक्षमा पुर्ण बहादुर थापा निर्वाचित भएका थिए । यो संघ राष्ट्रिय रुपमा नेपाल ट्रेड युनियन कांग्रेस र अन्तर्राष्ट्रिय स्तरमा यूएनआई सँग आवद्ध रहेको छ । संघ लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई आत्मसाथ गर्दै पेशागत हकहितको संरक्षणमा सक्रिय ढंगले लाग्दै आएको छ ।

Esewa
Crest

सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरुमा सिमित रहेको संघको सागठनिक पहुँचलाई विस्तार गरी नीजि, संयूक्त एवं बहुराष्ट्रिय लगानीमा स्थापित भएका बैंक, बीमा, धितोपत्र, सहकारीका साथै अन्य वित्तीय संस्थाहरुमा कार्यरत कामदार, कर्मचारीहरुलाई संगठित गर्दै अगाडि बढेको छ ।

नेपालको वित्तीय क्षेत्रमा संगठन विस्तार कार्यक्रमलाई तीव्ररुपमा अगाडि बढाएको यस संघले हालसम्म बैंक, बीमा, धितोपत्र र अन्य वित्तीय संस्थाहरुवाट ४६ वटा प्रतिष्ठान स्तरका यूनियनहरुलाई आवद्ध गराई करिव १६५०० भन्दा वढी सदस्यहरुको नेतृत्व गर्दै ६ वटा क्षेत्रीय समिति र ७० जिल्ला समितिहरु मार्फत आफ्ना सांगठनिक गतिविधि अगाडि बढाउदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS