IME Life New

कृष्णपुर नगरपालिकामा लुम्बिनी विकास बैंकको एटिएम सेवा संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु-याउने उद्देश्यलआज थप एक एटिएमको उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैकले सेवा विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ०२ स्थित आफ्नो वाणी शाखाबाट एटिएम सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु¥याउन पहल गरेको छ ।

उक्त उद्घाटन कार्यक्रमको सभापतित्व वाणी बजार ब्यवस्थापन समितीका अध्यक्ष डम्बर देव जोशीले गरेका हुन् । साथै एटिएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझाले गरेका हुन् । उक्त समारोहमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, सामान्य प्रसाशन बिभाग प्रमुख दीप बहादुर रावल, वाणी शाखाका शाखा प्रबन्धक मनोज शाही लगायत बैंकका कर्मचारीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल ले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखेका थिए ।

Esewa
Crest

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटिएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा १९ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS