IME Life New

सप्तरीमा जीवन बीमाकाे पैसाका लागी श्रीमानकाे हत्या,अण्डरराइटिङमा कहाँ चुक भयाे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । कमजाेर आर्थिक अवस्था भएका व्यक्तिकाे ठूलाे बीमा‌ंककाे जीवन बीमा गरिदिंदा मधेश प्रदेशकाे सप्तरीमा एक यूवकले अनाहकमै ज्यान गुमाएका छन् । दैनिक ज्यालादारी गरेर छाक टार्ने बाध्यता रहेकाे सप्तरीकाे कञ्चनपुर नगरपालिका ३ दास टाेलका ३७ वर्षिय यूवक शिवशंकर दासकाे हत्या पाँच महिना पहिले उनकै श्रीमतिले गरेकाे घटना प्रकाशमा आएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भाउजुसँग लिएकाे ऋण चुक्ता गर्नका लागी दासकी श्रीमति काैशिला देवीले भाउजु शान्ति देवीसँग मिलेर शिवशंकरलाई मदिराकाे नशामा रहेका बेला करेन्ट लगाएर हत्या गरिदिएकाे जानकारी पत्रकार सम्मेलनमार्फत् गराएकाे छ।

Esewa
Crest

गत कात्तिक ५ गते शिवश‌ंकरलाई मदिरा खुवाए पछि भाउजु नाता पर्ने शान्ति देवी र बुहारी नाता पर्ने हिरण देवीकाे सहयाेगमा काैशिलाले घरभित्रै करेन्ट लगाएर हत्या गरेकी थिइन् । प्रहरीका अनुसार पतिकाे मृत्यु भएपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रारम्भिक घटनास्थल मुचुल्काबाट दासकाे शिवश‌ंकरकाे मृत्यु सामान्य देखिएकाले प्रहरीले थप अनुसन्धान गर्न आवश्यक ठानेकाे थिएन । बीमाकाे दाबीका सम्बन्धमा जानकारी आएपछि प्रहरीले मृत्यु श‌ंकास्पद भएकाे हुनसक्ने अनुमान सहित थप अनुसन्धान गर्दा हत्या भएकाे पाँच महिनापछि बल्ल वास्तविकता प्रकाशमा आएकाे हाे ।

 इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले घरव्यवहार चलाउन नातामा भाउजू पर्ने शान्ति देवीसित लिएकाे ऋण तिर्न नसकेकी शान्ति देवीले भाउजुकै सुझावमा बेग्ला बेग्लै बीमा कम्पनीमा २०-२० लाख रुपैयाँ बीमा‌ंककाे जीवन बीमा गरिदिएकी थिइन् । बीमा गर्नका लागी आवश्यक पर्ने रकम पनि भाउजुले ऋण वापत दिएकी थिइन् । दैनिक ज्यालादारी मजदुरी गरेर जीविकाेपार्जन गर्नुपर्ने दासकाे परिवारमा श्रीमान श्रीमतिका साथै तीनजना सन्तान समेत पाँच जनाकाे परिवार थियाे ।
याे हत्याकाे घटनाले जीवन बीमा कम्पनीहरु बीमितकाे बारेमा वास्तविक जानकारी स‌ंकन गर्न र बीमाशुल्क तिर्न सक्ने आय श्राेतकाे खाेजी गर्न चुकेकाे देखिएकाे छ। दैनिक ज्यालादारी गरेर जिविकाेपार्जन गर्ने परिवारका लागी २० लाख रूपैयाँ बीमांककाे जीवन बीमा गरेर एउटा बीमा कम्पनीलाई वर्षमा कम्तीमा २ लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नका लागी आवश्यक पर्ने बचत गर्न सक्ने क्षमता हुँदैन । बाँकेकाे काेहलपुरमासुकुम्बासी बस्तीकाे मजदुर यूवाकाे एक कराेड बीमा‌ंककाे जीवन बीमा गरिएका कारण हत्या भएकाे घटना सेलाउन नपाउँदै सप्तरीमा याे हत्याकाे घटना उजागर भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%
happy

खुसी

51%
sad

दु :खी

22%
amazed

अचम्मित

0%
excited

उत्साहित

24%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS