IME Life New

महुली लघुवित्तले डाक्यो साधारणसभा, १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको संचालक समितिको १३५ औं बैठकले उक्त निर्णय गरेको हो । लघुवित्तले २०८० बैशाख ९ गते शनिवार विहान ११ बजे महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने भएको हो ।

सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने रकम बराबरको ४ करोड २ लाख ९ हजार १४५ रुपैयाँ बोनश शेयर र ०.७५ प्रतिशतले हुन आउने २१ लाख १६ हजार २७० रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्ने तथा बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्ने विशेष प्रस्ताप स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै, आर्थिक वर्ष २०७८/०७९ असार मसान्तसम्मको वासलात, २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचि उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व.२०७९/०८० को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

साथै, साधारणसभा प्रयोजनका लागि कम्पनीले २०७९ चैत २९ गते विहीवार एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

 

1680065407938

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS