IME Life New

कृषि विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा भक्तपुरको बोडे स्थिति बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनश शेयर र ११ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /७९ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले यस बैकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनी र सम्बद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्था को आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस बैकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको नियमावलीको नियम १२ को उपनियम (२) को खण्ड (ख) मा व्यवस्था भए अनुसार समूह खू का सर्वसाधरण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बोनश शेयर प्रस्ताव गरिएकोमा सो समेत समायोजन हुने गरि बैकको जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा र नियम एवं उप दफा उप नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाले पूँजी वृद्धि सम्बन्धी बैंकको प्रबन्धपत्रको दफा ५ को उपदफा (२) र (३) तथा दफा ७ को उपदफा (२) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने, पूँजी वृद्धि सम्बन्धी बैंकको नियमावलीको नियम ५ को उपनियम (२) र (३), नियम ७ को उपनियम (१) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार ुसोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS