सिद्धार्थ इन्स्योरेन्सले बोनस दिने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको १४६ औं बैठकले चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख बोनस शेयर वितरण गर्ने दिने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित बोनस शेयरमा लाग्ने लाभांश कर शेयरधनीले स्वयमले ब्योहोर्नु पर्ने छ । लाभांश वितरण पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् ।