काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्जमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १९ प्रतिशत बोनश शेयर समायोजन गरेको हो । समायोजन पछि नेप्सेले ६२६ रुपैयाँ ८९ पैसा कायम गरेको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्य ७४६ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । यही समायोजन भएको मुल्यको आधारमा भोलि कम्पनकिो कारोबार हुनेछ ।