Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले नयाँ सारथी लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली चैत १५ गते बुक क्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ।व। ०७९/८० को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्नेछ ।

सभाले सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन गर्न र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने, थप सार्वजनिक निष्काशन र बोनश शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने गाभिने (मर्जर गर्ने) सम्वन्धमा संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने गाभिने कार्य प्रयोजनका लागि चल अचल सम्पत्ती तथा कारोवारको मुल्याँकनकर्ताले तयार गरेको मूल्यांकन प्रतिवेदन समेतको आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात एक शेयर बरावर एकलाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि ब्यावसायिक योजना तथा प्रक्षेपण गर्न नियुक्त लेखापरीक्षक (मूल्यांकनकर्ता) को नियुक्ती तथा पारिश्रमिकलाई अनुमोदन गर्ने, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने गाभिने प्रयोजनका निम्ति भएको आपसी समझदारीपत्रसम्पत्ती तथा दायित्वको मुल्यांकन प्रतिवेदन संयुक्त मर्जर समिति तथा संचालक समितिले मर्जर सम्बन्धमा गरेका निर्णयहरूको अनुमोदन गर्ने ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात बन्ने संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरूको मनोनयनलाई अनुमोदन गर्ने । साथै नयाँ संचालक समिति गठन भए पश्चात पुराना संचालक समितिका पदाधिकारीको कार्यकाल स्वतः समाप्त भएको मानिनुका साथै नयाँ संचालकको कार्यकाल आगामी साधारण सभा नभएसम्मका लागि कायम रहनेछ भन्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात बन्ने संस्थाको नाम विजय लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विषयको प्रस्ताव पारित गर्नेछ ।

सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्नेरगाभिने कार्य सम्पन्न भए पश्चात शेयर पूँजी संरचनामा परिवर्तन हुने भएकोले वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा थप सार्वजनिक निष्काशन ९ँएइ० सहित चुक्ता पूँजी बृद्धि गर्ने विषयको प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्नेरगाभिने प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS