IME Life New

एनआईसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरीका बिभिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा र्याली कार्यक्रम संचालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक र सफल पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्धेश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा र्याली कार्यक्रमको आयोजना गरिएको हो ।

Esewa
Crest

लघुवित्त वित्तीय संस्थासंग आबद्ध सदस्यहरु तथा लघुवित्तका कर्मचारीहरुको सहभागिता रहेका कार्यक्रहरु मधेश प्रदेश अन्तर्गतका बर्दिबास, बट्टेश्वर, कल्याणपुर, कोशी प्रदेश अन्तर्गतका भद्रपुर र धाईजान, गण्डकी प्रदेश अन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्विनी प्रदेश अन्तर्गतको महाराजगञ्ज (डुमरा) तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतको बहुनिया आदि स्थानहरुमा वित्तीय साक्षरता अभिमुखीकरणका साथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको र्याली कार्यक्रम संचालन भएका हुन् । जसबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २ लाख भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्र वित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS