IME Life New

निक्षेप तथा कर्जा सुरक्षण काेषले २५ कराेड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निक्षेप तथा कर्जा सुरक्षण काेषले आफूसँग भएकाे २५ कराेड रुपैयाँ मुद्दती निक्षेप स्वीकार्नका लागी वाणिज्य बै‌ंकसँग प्रस्ताव आह्वान गरेकाे छ।

काेषले चैत्र १५ गतेभित्र शिलबन्दी प्रस्ताव पेश गर्नका लागी सार्वजनिक सूचनामार्फत् वाणिज्य बै‌ंकसँग अनुराेध गरेकाे छ।कुल खराब कर्जा २ प्रतिशतभन्दा तल रहेकाे खुद तरल सम्पत्ति स्वदेशी निक्षैपकाे कम्तीमा २० प्रतिशत कायम रहेकाे लगायतका विभिन्न शर्त पुरा गर्ने वाणिज्य बै‌ंकले मात्र प्रस्ताव गर्न सक्नेछन् ।

Esewa
Crest

काेषले बैंक तथा वित्तीय संस्थामा बचतकर्ताले राखेकाे निक्षेपकाे सुरक्षाकाे प्रत्याभूतीवापत सुरक्षण शुल्क आम्दानी गर्दै आएकाे छ। यही सुरक्षण शुल्क र त्यसबाट प्राप्त हुने ब्याज काेषकाे आम्दानीकाे मुख्य श्राेत हाे ।

सरकारले बचतकर्ताले कुनै बै‌ंक वा वित्तीय संस्थामा जम्मा गरेकाे निक्षेपकाे अधिकत्तम पाँच लाख रूपैयाँसम्मकाे सुरक्षाकाे प्रत्याभूती काेष मार्फत् दिलाएकाे छ। यस्ताे प्रत्याभूतीवापत नै काेषले बैंकहरूबाट सेवा शुल्क असुली गर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS