IME Life New

नेको इन्स्योरेन्सको खुद नाफामा २० प्रतिशतको सुधार, प्रति शेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म १ अर्ब ४१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम १५ प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले ८५ करोड ७० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम १९  प्रतिशतले वृद्धि भएको छ ।

Esewa
Crest

९ महिनाको अवधिमा कम्पनीले २५ करोड १५ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २८ रुपैयाँ ५२ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ३५ रुपैयाँ ७७  पैसा थियो ।

कम्पनीको जगेडा कोषमा ५५ करोड  ३२ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष ८३  प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने ७२ प्रतिशतले वृद्धि हुँदै ६६ करोड ९१ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS