IME Life New

प्रभु क्यापिटलद्धारा एक दिने शेयर तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक–२०२३ को अवसरमा एक दिने शेयर तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उदेश्यका साथ काठमाडौं बाहिरा संघ नेपालको सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा काठमाडौं बाहिरा संघ नेपाल सम्बद्ध सहभागी सदस्यले शेयर बजार सम्बन्धी तालिम फलदायी भएको बताए । उक्त कार्यक्रमले शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सहयोग गर्ने समेत बताए । साथै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु प्रदान भएमा यसले बाहिराहरुलाई नेपालको शेयरबजारमा लाग्न थप प्रेरित गर्ने उनीहरुले बताए ।

Esewa
Crest

उक्त कार्यक्रम काठमाडौंको हात्तिसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो । काठमाडौं बाहिरा संघ नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन भने प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए । कार्यक्रमलाई सांकेतिक भाषामा उल्था भने दोभाषे रेनु शाह र सुनिता श्रेष्ठले गरेकी हुन् ।

कार्यक्रममा प्रभु क्यापिटलका कार्य संचालन विभाग प्रमुख बसन्ता उपाध्यायले समापन मन्तव्य राख्दै ग्लोबल मनि विक–२०२३ को अवसरमा यो कार्यक्रमको आयोजना गरिएको बताए । तालिममा सहभागी सदस्यहरुको उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको बताउँदै जीएमडब्लुको यस वर्षको विषयवस्तु प्लान योर मनि, प्लान योर फ्युचर मूलनारा रहेको बताए । उनले युवा अवस्थामै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो नारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केहि बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरि सोलाई गुणात्मक वृद्धि गर्न पूँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिए ।

यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका क तथा ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको कार्य संचालन विभाग प्रमुख उपाध्यायले बताए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS